• Menu

संसद सचिवालयद्वारा शपथ ग्रहणको सूचना जारी : यस्ता छन् पालना गर्नुपर्ने नियम

नेपाल प्रफिट

२०८२ चैत ६, शुक्रबार ११:४९

संसद सचिवालयद्वारा शपथ ग्रहणको सूचना जारी : यस्ता छन् पालना गर्नुपर्ने नियम

काठमाडौं । नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते बिहीबार आयोजना हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना प्रकाशित गर्दै उक्त दिन शपथ गराइने जानकारी दिएको हो ।

कार्यक्रम दिउँसो २ बजे संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा सम्पन्न हुने तय गरिएको छ । सांसदहरूलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ ।

त्यसैगरी, नवनिर्वाचित सांसदहरूले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजका दुई प्रति फोटो साथमा ल्याउनुपर्नेछ । उनीहरूलाई औपचारिक पोशाक वा आफ्नै सांस्कृतिक पहिचान झल्किने वेशभूषामा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्