
जुम्ला । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको भ्रमणका क्रममा मुगुको रारा ताल अवलोकनपछि जुम्ला पुगेकी छन्।
जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार रारा क्षेत्रको भ्रमण सकेपछि प्रधानमन्त्री कार्की जुम्ला आइपुगेकी हुन्।
प्रधानमन्त्रीको औपचारिक कार्यक्रम तय नभए पनि उनी एक रात जुम्लामै बस्ने र भोलि बिहान प्रसिद्ध चन्दननाथ मन्दिरमा दर्शन गर्ने कार्यतालिका रहेको छ।
मुगुबाट जुम्ला आएकी प्रधानमन्त्री कार्की हाल जुम्लास्थित नम्बर २४ बाहिनीमा बसोबास गर्ने कार्यक्रम तय गरिएको छ।
रारा भ्रमणपछि धार्मिक तथा सांस्कृतिक स्थल अवलोकनलाई निरन्तरता दिँदै प्रधानमन्त्रीले चन्दननाथ मन्दिरमा पूजा-अर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal