• Menu

काठमाडौं सुनचाँदी व्यवसायी संघको साधारणसभा शनिबार

नेपाल प्रफिट

२०८२ चैत ५, १०:३७

काठमाडौं सुनचाँदी व्यवसायी संघको साधारणसभा शनिबार

काठमाडौं । देशकै सबैभन्दा धेरै व्यवसायी आबद्ध रहेको सुनचाँदी व्यवसायीहरुको जिल्ला संगठन काठमाडौं सुनचाँदी व्यवसायी संघले शनिबार (चैत ७) मा साधारणसभा बोलाएको छ । काठमाडौं जिल्लाका ६ सयभन्दा बढी व्यवसायीको साझा संगठनले आयोजना गरेको २३औं वार्षिक साधारणसभामा नियमित गतिविधिका साथै व्यावसायिक हकहितका विषयमा पनि छलफल गरिनेछ ।

काठमाडौंको कालोपुलस्थित लीला गार्डेनमा राखिएको साधारणसभाको उद्घाटन नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले गर्नेछन् । साधारणसभामा सुनमा लगाइएको २ प्रतिशत विलासिता शुल्क, भ्याट, गोएमएल, केवाईसी, माघ १ देखि लागू गरिएको पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार चेकमार्फत गर्नुपर्ने व्यवस्था र त्यसबाट सुनचाँदी व्यवसायमा परेको नकारात्मक असर सम्बन्धमा पनि छलफल हुने सचिव लेखरत्न शाक्यले जानकारी दिए ।

त्यस्तै नवीकरण छुटेका व्यवसायीलाई पनि तत्काल नवीकरण गर्न उनले आग्रह गरेका छन् । साधारणसभा स्थलमा व्यवसायीलाई उपयुक्त हुने गरी ज्वेलरी बक्स, सीसी क्यामेरा, सुन परीक्षण गर्ने टन्च मेसिनलगायतका स्थल पनि राखिने सचिव शाक्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्