• Menu

कञ्चनपुरमा जग्गा विवादमा छोराद्वारा ७५ वर्षीया आमाको हत्या, बहिनी घाइते

नेपाल प्रफिट

२०८२ चैत ४, बुधबार १२:४४

कञ्चनपुरमा जग्गा विवादमा छोराद्वारा ७५ वर्षीया आमाको हत्या, बहिनी घाइते

कञ्चनपुर । दोधारा-चाँदनी नगरपालिका-४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् भने धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन् ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति भएको उक्त घटनामा अभियुक्तकी आमाको घटनास्थलमै मृत्यु भएको हो ।

दाजुको आक्रमणमा घाइते भएकी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । फरार अभियुक्तको खोजी जारी छ । जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण भएको सूचना अधिकारी शाहीले राससलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्