
काठमाडौं । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको तिनकुनेस्थित सुविधानगरमा नवनिर्मित नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरलाई अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ ।
कार्यक्रमअन्तर्गत कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामेरालगायतका सामग्री प्रहरी नायब उपरीक्षक राजकुमार सिंहलाई कम्पनीका तर्पmबाट निर्देशक टीकाराम न्यौपाने तथा दिवस न्यौपानेद्वारा संयुक्त रूपमा हस्तान्तरण गरिएको हो ।
समाजप्रति उत्तरदायी रहँदै सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको हो । यस सहयोगले प्रहरी कार्यालयको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
सर्वोत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टले विगतदेखि नै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ । आगामी दिनहरूमा पनि यस्ता पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
सर्वाेत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भिआरएम प्रविधिबाट सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । ३ हजार मेट्रिक टन प्रतिदिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३ हजार मेट्रिक टन प्रतिदिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तरका साथै भारत गुणस्तर प्रमाणितसमेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्रान्डका सिमेन्ट नेपालभर बिक्री गरिरहेको छ भने भारतमा समेत निर्यात गर्दै तथा लोकप्रियता कमाउँदै आएको छ ।
साथै, सन् २००१ मा स्थापित नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादकमध्ये एक जगदम्बा सिमेन्टले उच्च गुणस्तरको कच्चा पदार्थको प्रयोगका साथै आधुनिक उपकरण र विश्वस्तरीय भीआरएम प्रविधिबाट गुणस्तरमा निरन्तर सुधार गर्दै उच्चस्तरीय ४३ र ५३ ग्रेडको अल्ट्रा ओपीसी सिमेन्ट र जगदम्बा पीपीसी सिमेन्ट उत्पादन र वितरण गर्दै ग्राहकको माग र सन्तुष्टि पूरा गर्दै आइरहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal