
काठमाडौं । नेपाल बैंकले कर्जा उपभोग गरिरहेका ग्राहकलाई लक्षित गरी ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्नेबारे आकर्षक योजना ल्याएको छ ।
योजनाअनुसार बैँकबाट कर्जा उपभोग गरी २०७९ चैत मसान्तघि खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा १ करोड रुपैयाँसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकले २०८३ असार मसान्तभित्र योजनाअनुसार सर्तसहितको ब्याज छुट सुविधा उपभोग गरी कर्जा चुक्ता गर्ने सुवर्ण अवसर प्रदान गरिएको जनाएको छ ।
बैंकले सम्बन्धित कर्जा ग्राहकलाई ब्याज छुटको सुविधा लिई कर्जा चुक्ता गर्न अनुरोधसमेत गरेको छ ।
२०८० वैशाख १ गतेपछि निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकले २०८२ चैत मसान्तभित्र बक्यौता साँवा, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकाले बैंकको शाखा कार्यालयमा सम्पर्क गरी ब्याज छुट सुविधाको लाभ लिनसमेत बैंकले अनुरोध गरेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal