• Menu

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे राष्ट्रपति, पितृशोकमा प्रकट गरे समवेदना

नेपाल प्रफिट

२०८२ चैत ३, १४:१२

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे राष्ट्रपति, पितृशोकमा प्रकट गरे समवेदना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उनी तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गरेका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्