• Menu

हत्या गरेको आरोपमा ४० वर्षीय धनबहादुर पक्राउ

नेपाल प्रफिट

२०८२ चैत ३, १४:०८

हत्या गरेको आरोपमा ४० वर्षीय धनबहादुर पक्राउ

काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको आरोपमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुंगा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो ।

अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका निजका छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, बूढानीलकण्ठ नगरपालिका-१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ का ४८ वर्षीय दिलीप लामासमेत १३ जनालाई पक्राउ गरिएको छ ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले गएराति उनीहरूलाई नगद एक लाख ९० हजारसहित पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्