• Menu

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

नेपाल प्रफिट

२०८२ चैत २, १६:३७

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

दार्चुला । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् ।

महाकालीमा सोमबार पौडी खेल्ने क्रममा व्यास गाउँपालिका-६ का १५ वर्षीय धीरज धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार जिल्ला सदरमुकाम खलङ्गामा डेरा गरी बस्दै आएका धामी पौडी खेल्ने क्रममा  महाकाली नगरपालिका-५ बसपार्क नजिकबाट बेपत्ता भएका हुन् ।

साथीहरुसँग पौडी खेल्न गएका धामी नदीमा डुबेर बेपत्ता भएका हुन् । उनीसँगै गएका दुई साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ । धामी महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा कक्षा ९ मा अध्ययनरत थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्