• Menu

प्रधानसेनापति सिग्देल र अमेरिकी लेफ्टिनेन्ट जनरल भोवेलबीच भेटवार्ता

नेपाल प्रफिट

२०८२ चैत २, १५:३२

प्रधानसेनापति सिग्देल र अमेरिकी लेफ्टिनेन्ट जनरल भोवेलबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हितका विषयमा  विचारविमर्श भएको थियो ।

पूर्वनिर्धारित कार्यक्रम बमोजिम नियमित भ्रमणका सिलसिलामा भोवेल नेतृत्वको टोली भारत, भुटान हुँदै आइतबार नेपाल आएको हो । उक्त टोलीले काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नेछ । उक्त टोली भोलि मंगलबार थाइल्याण्डतर्फ जाने भएको जनाइएको छ ।

लेफ्टिनेन्ट जनरल भोवेलको भ्रमणबाट नेपाल-अमेरिकाबिचको सम्बन्ध प्रगाढ हुनाका साथै  मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा योगदान पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्