काठमाडौं । ओप्पोले नेपाली नयाँ वर्षलाई लक्षित गरी ‘ओप्पो नयाँ वर्ष, नयाँ उमंग’ अभियान सञ्चालन गर्ने भएको छ । ओप्पोले अभियानअन्तर्गत ग्राहकलाई स्मार्टफोन र बम्पर पुरस्कारस्वरूप रोयल इन्फिल्ड हन्टर ३५० सिसी मोटरसाइकल जित्ने अवसर प्रदान गर्ने भएको हो ।
अभियानअन्तर्गत हरेक साता एक जना भाग्यशाली ग्राहकले स्मार्टफोन जित्नेछन् भने अन्तिममा बम्पर ड्रमार्फत मोटरसाइकल प्रदान गरिने कम्पनीले जनाएको छ । ‘ओप्पो हातमा, रोयल इन्फिल्ड हन्टर साथमा’ ट्यागलाइनसहित सञ्चालन गरिएको यो अभियान ४ सातासम्म चल्नेछ । अभियान अवधिमा ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत विभिन्न पुरस्कार जित्न सक्नेछन् ।
अभियानअन्तर्गत प्रत्येक साता एक जना ग्राहकलाई साप्ताहिक लक्की ड्रमार्फत ओप्प ए६ स्मार्टफोन प्रदान गरिनेछ । लक्की ड्र तालिकाअनुसार पहिलो साता चैत ८, दोस्रो साता चैत १५, तेस्रो साता चैत २२ र चौथो साता चैत २९ गते लक्की ड्र सञ्चालन गरिनेछ ।
लक्की ड्र प्रक्रिया पारदर्शी बनाउन कम्पनीले आधिकारिक सामाजिक सञ्जालमार्फत भिडियो लट्री प्रणाली प्रयोग गर्ने जनाएको छ । विजेता छनोट प्रक्रिया सार्वजनिक रूपमा साझा गरिनेछ, जसबाट ग्राहकले छनोट प्रक्रिया प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् ।
अभियानको समापन नेपाली नयाँ वर्षको अवसरमा चैत ३० गते आयोजना हुने बम्पर ड्रसँगै हुने कम्पनीले जनाएको छ । यो लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकल प्राप्त गर्नेछन् ।