• Menu

बाजुराको उच्च भेगमा वर्षासँगै हिमपात, हिउँदे बाली सप्रिने आशामा किसान खुसी

नेपाल प्रफिट

२०८२ चैत २, १०:५०

बाजुराको उच्च भेगमा वर्षासँगै हिमपात, हिउँदे बाली सप्रिने आशामा किसान खुसी

बाजुरा । उच्च लेकाली भेगमा गएरातिदेखि  वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।

वर्षासँगै हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । यहाँका बडीमालिका, बूढीगङ्गा त्रिवेणी, बूढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरुमा हिमपात भएको छ ।

हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदह लगायतका स्थानीय बढी प्रभावित बनेका छन् । कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख जसीराम सहानीले वर्षासँगै हिमापातले हिउँले बालीलाई राम्रो हुने  बताएका छन् ।

यसैबीच , डिभिजन वन कार्यालयले वन्जयजन्तु तथा जंगली जनावरको चोरी सिकारी नगर्न आग्रह गरेको छ । जंगली जनावरको चोरी सिकारी भएमा वन ऐन अनुसार कानुनी कारबाही गरिने कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्