• Menu

सामान्य अंकले बढ्यो सेयर बजार, १४ अर्ब ३२ करोडको कारोबार

नेपाल प्रफिट

२०८२ चैत १, १६:२८

सामान्य अंकले बढ्यो सेयर बजार, १४ अर्ब ३२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४.४५ अंकले बढेर २.८२४.९० विन्दुमा कायम भएको हो ।

आज ३५० कम्पनीको तीन करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर एक लाख २४ हजार ४९० पटक खरिदबिक्री हुँदा १४ अर्ब ३२ करोड ९६ लाख चार हजार ३१५.९० को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह ०.६२, लगानी ०.५४, जीवन बिमा ०.४६ र म्युचुअल फण्ड समूह ०.२५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

आज व्यापार समूह सबैभन्दा बढी २.८३ प्रतिशतले बढेको छ । बैंकिङ ०.२१, विकास बैंक ०.७४, वित्त ०.२२, जलविद्युत ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, लघुवित्त ०.१५, निर्जीवन बिमा ०.१६ र अन्य समूह ०.०३ प्रतिशतले बढेको छ ।

सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने दरमखोला हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा बढी ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको ८१ करोड एक लाख २१ हजार २०१ बराबरको २७ लाख २१ हजार ९८० बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्