• Menu

सिटिजन्स बैंकको १९ औं वार्षिकोत्सव : ‘नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट’ सम्पन्न

नेपाल प्रफिट

२०८२ चैत १, १३:३७

सिटिजन्स बैंकको १९ औं वार्षिकोत्सव : ‘नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट’ सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न भएको छ । फागुन २९ गते शुक्रबार देखि फागुन ३० गते शनिबारसम्म काठमाडौंमा प्रतियोगिता सफल रुपमा सम्पन्न भएको हो ।

उक्त इन्डोर क्रिकेट प्रतियोगितामा व्यवस्थापन समूह अन्तरगत ८ टिम गरि विभिन्न बैंककै ८४ जना विभाग तथा शाखाहरुका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेलले यस्तो कार्यक्रमहरूले संस्थाको संस्थागत संस्कारलाई मजबुत बनाउने मात्र नभई सुशासन र प्रणालीगत अनुशासनप्रति संस्थाको प्रतिबद्धता समेत झल्काउछ र साथै, संस्थाभित्र अनुशासन, आपसी सहकार्य तथा स्वस्थ जीवनशैलीलाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

साथै उक्त प्रतिोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम प्रमुख कार्यकारी अधिकृतले गरेका छन् । बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू मार्फत कर्मचारीहरूबीच आपसी सहकार्य, सकारात्मक ऊर्जा तथा संस्थागत एकतालाई अझ सुदृढ बनाउने विश्वास लिएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ९७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्