
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउन सचिवालय बैठक भर्चुअल रूपमा बस्ने निर्णय गरेको छ । बैठक अनलाइन हुने जानकारी पाएपछि केन्द्रीय कार्यालय बनस्थली पुगेका केही नेताहरू फर्किएका छन् ।
हाल स्वास्थ्य लाभ गरिरहेका पार्टी सभापति रवि लामिछाने सँग उपसभापति डीपी अर्याल र सांसद डा. स्वर्णिम वाग्ले रहेको बताइएको छ। पार्टीका नेताहरू शिशिर खनाल, मनिष झा, सोविता गौतम, हरि ढकाल र गणेश कार्की लगायत केही नेता भने पार्टी कार्यालयमै रहेका छन् ।
पार्टी प्रवक्ता मनिष झाले पत्रकारसँग कुरा गर्दै समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूको नामावली आजै निर्वाचन आयोग नेपाल मा बुझाइने जानकारी दिए ।
फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ थप ५७ सिट पाउनेछ । समानुपातिक सांसदहरूको प्रमाणपत्र वितरणलगायत प्रक्रिया पूरा भएपछि करिब १० दिनभित्र नयाँ सरकार गठन हुन सक्ने उनले बताए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal