• Menu

रास्वपाले आजै बुझाउँदै समानुपातिक सांसदको सूची

नेपाल प्रफिट

२०८२ चैत १, १२:०४

रास्वपाले आजै बुझाउँदै समानुपातिक सांसदको सूची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदहरूको नामावली आजै टुंग्याउने भएको छ ।

पार्टी सचिवालय बैठक बसेर नामावली टुंग्याउने तयारी भएको हो । निर्वाचन आयोगले आजसम्मको समय दिएको छ ।

पार्टी प्रवक्ता मनिष झाले आजै नामावली टुंग्याएर बुझाउने तयारी भइरहेको बताए । उनले  मन्त्रीहरूको विषयमा औपचारिक छलफल प्रारम्भ नभएको बताए ।

‘औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी क-कसले लिने भन्ने विषयमा छलफल पनि भएको छैन,’ पार्टी केन्द्रीय कार्यालय परिसरबाट झाले भने, ‘निर्वाचन आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउनै बाँकी छ । समय आएपछि यस विषयमा छलफल गर्छौं ।’

सरकार गठनको तयारी भने माघ ५ गते बालेन्द्र शाहलाई प्रधानमन्त्री घोषणा गर्ने दिनदेखि नै शुरू भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्