• Menu

रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको मृत्यु

नेपाल प्रफिट

२०८२ फागुन २९, शुक्रबार १२:४६

रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका-११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ ।

वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको मृत्यु भएको हो ।

काठको गेली पल्टाउने क्रममा च्यापिएर बुबाको मृत्यु भएको मृतकका छोरा ओपीराम ओलीलाई उद्धृत गर्दै  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्