• Menu

महाकाली नदी किनारमा एक महिला मृत फेला

नेपाल प्रफिट

२०८२ फागुन २९, शुक्रबार १२:२२

महाकाली नदी किनारमा एक महिला मृत फेला

बैतडी । बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका-८ झुलाघाट नहिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन् ।

भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका-८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक, सुरज सिंहले जानकारी दिए ।

बिहीबार बिहान मृत फेला परेकी महरको शव शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक सिंहले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्