
काठमाडौं । मेटलाइफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर प्लेटिनम टावरमा केन्द्रीय कार्यालय स्थापना गरेको छ । नेपाली परिवारलाई वित्तीय सुरक्षा र संरक्षण प्रदान गर्दै आएको २४ वर्षको यात्रामा यो महत्वपूर्ण उपलब्धि कम्पनीले जनाएको छ ।
आधुनिक पूर्वाधार, एकीकृत प्रविधि प्रणाली तथा सहकार्यलाई प्रोत्साहन गर्ने कार्यस्थल संरचनासहित तयार गरिएको यस कार्यालयले कार्य सञ्चालनलाई अझ प्रभावकारी बनाउनुका साथै ग्राहकलाई छिटो, सहज र उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । मेटलाइफ नेपालले केन्द्रीय कार्यालयको वास्तविक मूल्य यसबाट प्रवाह हुने सेवाको गुणस्तरले निर्धारण गर्ने विश्वास व्यक्त गरेको छ ।
उद्घााटन समारोहमा मेटलाइफ नेपालले नियामक निकाय, क्षेत्रीय नेतृत्व, साझेदार तथा कर्मचारीहरूको निरन्तर सहयोगप्रति आभार व्यक्त गरेको छ । कार्यक्रममा संयुक्त राज्य अमेरिकाको दूतावासका चार्जे द’अफेयर्स स्कट अर्बोम र नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीलगायतको उपस्थिति थियो । साथै, मेटलाइफका क्षेत्रीय नेतृत्व लिन्डन ओलिभर (एसिया क्षेत्रीय अध्यक्ष) र सुश्री एलेना बुटारोभा (वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनाम प्रमुख) पनि कार्यक्रममा सहभागी थिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal