
मकवानपुर । हेटौंडा-नारायणगढ सडकअन्तर्गत हेटौडा उपमहानगरपालिका-१९ नेवारपानीमा शुक्रबार बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौंडातर्फ आइरहेको कन्टेनर र हेटौंडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका-१५ पिपराभिट्टाका गोविन्द चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौंडास्थित चुरेहिल अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal