
महेन्द्रनगर । पुर्व-पश्चिम राजमार्गको महेन्द्रनगर-दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से १ ज १४०५ बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको बताए । ‘घटनाको विस्तृत विवरण आउन बाँकी छ,’ प्रहरी निरीक्षक थापाले भने, ‘मोटरसाइकल चालक र सवारको मृत्यु भएपनि पहिचान खुल्न सकेको छैन् ।’ प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal