• Menu

पुरानो बाइक वा स्कुटर साटेर टाटा टियागो ईभी चढ्ने मौका, सिप्रदीले ल्यायो ‘स्विच टु टियागो ईभी’ अभियान

नेपाल प्रफिट

२०८२ फागुन २८, ११:४८

पुरानो बाइक वा स्कुटर साटेर टाटा टियागो ईभी चढ्ने मौका, सिप्रदीले ल्यायो ‘स्विच टु टियागो ईभी’ अभियान

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदीका लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो ईभी’ नाम दिइएको यो अभियानअन्तर्गत ग्राहकले पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो ईभी घर लैजान सक्नेछन् ।

यो विशेष क्याम्पेन शुक्रबारदेखि आइतबारसम्म देशभर सञ्चालन हुनेछ । अभियानअन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो ईभी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यस अफरमा ग्राहकले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो ईभी आफ्नो बनाउन सक्नेछन् । योजनाअन्तर्गत पुराना दुईपांग्रे सवारीको उत्कृष्ट मूल्यांकन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुनेछन् । त्यसैगरी ग्राहकले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङका साथै निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधासमेत पाउने कम्पनीले जनाएको छ ।

सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीको छ । इच्छुक ग्राहकले देशभर रहेका टाटा मार्टसका आधिकारिक सोरुममा पुगेर अफरबाट लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्