• Menu

गर्मीलाई लक्षित गर्दै एलजी नेपालको अफर : निःशुल्क सर्भिसिङ र पार्टपुर्जामा ५० प्रतिशत सम्म छुट

नेपाल प्रफिट

२०८२ फागुन २८, ११:३३

गर्मीलाई लक्षित गर्दै एलजी नेपालको अफर : निःशुल्क सर्भिसिङ र पार्टपुर्जामा ५० प्रतिशत सम्म छुट

काठमाडौं । नेपाल एलजी इलेक्ट्रोनिक्सले आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आउँदै गरेको गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क एसी सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ ।

यस कार्यक्रमअन्तर्गत एलजीका ग्राहकले वातानुकूलन उपकरणहरू (एसी) दक्ष प्राविधिकमार्फत कुनै पनि सेवा शुल्क नलिई जाँच तथा मर्मत गराउन सक्नेछन् । यसबाट राम्रो शीतलता क्षमता, ऊर्जा बचतमा सुधार तथा उपकरणको दीर्घकालीन प्रयोग सुनिश्चित गर्न सहयोग पुग्ने कम्पनीको दाबी छ ।

सेवा शिविरमा सहभागी ग्राहकका लागि विभिन्न अतिरिक्त सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । ग्राहकले स्पेयर पाट्र्समा ५० प्रतिशतसम्म छुट, नयाँ वातानुकूलन (एसी) उपकरण खरिद गर्दा २० प्रतिशत विशेष छुट तथा चार हजार रुपैयाँ बराबरको निःशुल्क जडान सेवा प्राप्त गर्न सक्नेछन् ।

साथै, पुरानो वातानुकूलन उपकरण साटेर नयाँ मोडेलमा उन्नयन गर्ने ग्राहकले उपकरण साटासाट कार्यक्रममा ५० प्रतिशतसम्म अतिरिक्त मूल्यांकन पाउनेछन्, जसले नवीनतम एलजी वातानुकूलन मोडेलमा सहज रूपमा परिवर्तन गर्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ । सेवा शिविरमा सहभागी हुने ग्राहकले तीन हजार रुपैयाँबराबरका दुईवटा सेवा कुपन पनि प्राप्त गर्नेछन्, जुन ६ महिनासम्म प्रयोग गर्न मिल्नेछ । यसबाट प्रारम्भिक सेवापछि पनि निरन्तर मर्मतसम्भार सहयोग उपलब्ध हुने अपेक्षा गरिएको छ ।

उन्नयन प्रक्रियालाई थप सहज बनाउन एलजी र सिजी इलेक्ट्रोनिक्सले सिजिएक्स इलेक्समार्फत सजिलो किस्ताबन्दी सुविधा पनि उपलब्ध गराइरहेका कम्पनीले जनाएको छ । यो सुविधाले ग्राहकलाई लचिलो भुक्तानी योजनाअन्तर्गत नयाँ वातानुकूलन उपकरण खरिद गर्न सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्