• Menu

वायु प्रदूषण नियन्त्रणका लागि विश्व बैंकको ७ अर्ब ७ करोड वित्तीय सहयोग, ४०० उद्योग धुँवारहित बनाइने

नेपाल प्रफिट

२०८२ फागुन २७, बुधबार ११:१२

वायु प्रदूषण नियन्त्रणका लागि विश्व बैंकको ७ अर्ब ७ करोड वित्तीय सहयोग, ४०० उद्योग धुँवारहित बनाइने

काठमाडौं । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति ७ अर्ब ७ करोड २० लाख ऋण अनुमोदन गरेको छ ।

वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौं उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जनाएको छ ।

परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धुँवारहित बनाइने छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयका साथै  वातावरण विभागमार्फत परियोजना कार्यान्वयन गरिने बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्