• Menu

रवि लामिछानेले बुझाए चुनावी खर्च विवरण, कति भयो खर्च ?

नेपाल प्रफिट

२०८२ फागुन २७, बुधबार १०:४०

रवि लामिछानेले बुझाए चुनावी खर्च विवरण, कति भयो खर्च ?

काठमाडौं । रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भएको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले निर्वाचन आयोग मा बुझाएको विवरणअनुसार चुनावी अभियानका लागि उनले कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

चितवन-२ बाट उम्मेदवारी दिएका लामिछानेले विभिन्न शीर्षकमा भएको खर्चको विवरण आयोगमा पेश गरेका हुन् । विवरणअनुसार उम्मेदवारी मनोनयन दर्ता शुल्कमा १० हजार रुपैयाँ, नमुना मतपत्र छपाइमा ६८ हजार १६१ रुपैयाँ, हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ तथा गोष्ठी र भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

निर्वाचन आयोगको नियमअनुसार प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै उम्मेदवारले चुनाव सम्पन्न भएपछि आफ्नो आय-व्ययको विस्तृत विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्