• Menu

समानुपातिक मतगणना : ५० लाख मतका साथ रास्वपा पहिलो स्थानमा

नेपाल प्रफिट

२०८२ फागुन २६, ११:२८

समानुपातिक मतगणना : ५० लाख मतका साथ रास्वपा पहिलो स्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड ४ लाख २० हजार २४४ मतगणना भएको छ ।

यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ११ : ३० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ५० लाख ५२ मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६, नेकपा (एमाले)ले १४ लाख ११ हजार ४२९, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६६ हजार ८७५, श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ७४१५, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २४ हजार ८८१ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्