
इलाम । इलाम क्षेत्र नं १ बाट नेपली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । उनी ९११ मतान्तरले विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार राईले १४ हजार ५४३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए ।
चुनावी प्रतिस्पर्धामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का काजिमान कागतेले ११ हजार ९६६, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० तथा नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईले सात हजार ६६५ मत प्राप्त गरे ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal