• Menu

संखुवासभा मतगणना अपडेट : एमालेका अर्जुनकुमार कार्कीको अग्रता, रास्वपा पछ्याउँदै

नेपाल प्रफिट

२०८२ फागुन २५, १६:२५

संखुवासभा मतगणना अपडेट : एमालेका अर्जुनकुमार कार्कीको अग्रता, रास्वपा पछ्याउँदै

संखुवासभा । संखुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना तेस्रो दिन जारी छ । आज अपराह्न ३ बजेसम्म ५० हजार ८२० मत गणना भएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

अन्तिम मत परिणाम छिटो सार्वजनिक गर्न अहिले चार ठाउँमा मतगणना भइरहेको छ । संखुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६३ हजार ६३४ मत खसेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन् ।

मत गणनाका क्रममा नेकपा (एमाले)का उम्मेदवार अर्जुनकुमार कार्कीले १२ हजार ७६२ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले ११ हजार ४४४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दीपनकुमार श्रेष्ठले १० हजार ४४६, श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले आठ हजार ५५४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सरिता थापाले दुई हजार ५७१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्