• Menu

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

नेपाल प्रफिट

२०८२ फागुन २५, १३:०८

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा एक जना पुरुष मृतावस्थामा फेला परेका छन् ।

हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृतावस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दि1 ।

उनले भने, ‘बूढानीलकण्ठ-१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा आइतबार उनी मृतावस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्