• Menu

समानुपातिक मतगणना : ८४ लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको ४१ लाख बढी मत

नेपाल प्रफिट

२०८२ फागुन २५, १२:२१

समानुपातिक मतगणना : ८४ लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको ४१ लाख बढी मत

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८४ लाख ९३ हजार ८६०  मत गणना भएको छ  ।

निर्वाचन आयोगबाट प्राप्त तथ्यांक अनुसार पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४१ लाख १७ हजार २७८ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले १३ लाख ८१ हजार ३४२, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख ६५ हजार १५, नेपाली कम्युनिस्ट पार्टीले ६ लाख ३ हजार ७८५ , श्रम संस्कृति पार्टीले दुई लाख ९७ हजार ५६८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ८० हजार ४५८ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्