• Menu

एमालेका शंकर पोख्रेललाई हराउँदै रास्वपाका विपिनकुमार निर्वाचित

नेपाल प्रफिट

२०८२ फागुन २३, शनिबार १५:१५

एमालेका शंकर पोख्रेललाई हराउँदै रास्वपाका विपिनकुमार निर्वाचित

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्य निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आचार्यले ४३ हजार ५५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शंकर पोख्रेलले १५ हजार २८२ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५०९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले सात हजार ८० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्