• Menu

भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीको जित : एमालेका महेश बस्नेत भारी मतान्तरले पराजित

नेपाल प्रफिट

२०८२ फागुन २३, शनिबार १३:४९

भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीको जित : एमालेका महेश बस्नेत भारी मतान्तरले पराजित

भक्तपुर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन् । उनले ४२ हजार ३३४ मत प्राप्त गरे ।

यस क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेतले ११ हजार ९६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम विसीले जानकारी दिए । यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्