काठमाडौं । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अच्युत लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
शनिबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशनरसिंह केसीले १५ हजार ५ सय ५ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे । यसैगरी नेकपा ९एमाले० का उम्मेदवार केशवराज पाण्डेले ८ हजार २ सय ८५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हिरानाथ खतिवडाले ६ हजार ७ सय २० मत प्राप्त गरेका छन् ।