• Menu

निर्वाचन २०८२ अपडेट : ३६ स्थानमा रास्वपा विजयी, ८३ क्षेत्रमा अग्रता कायम

नेपाल प्रफिट

२०८२ फागुन २३, शनिबार १३:०४

निर्वाचन २०८२ अपडेट : ३६ स्थानमा रास्वपा विजयी, ८३ क्षेत्रमा अग्रता कायम

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ३६ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार मुलुकका १६५ निर्वाचन क्षेत्रमध्ये हाल गणना भइरहेको १६२ निर्वाचन क्षेत्रमा मध्यान्ह १ बजेसम्म ८३ स्थानमा रास्वपा नै अगाडि छ ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार ६ स्थानमा विजयी भएका छन् भने कांग्रेसले ११ स्थानमा अग्रसरता लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुई स्थानमा विजयी हुँदा ८ स्थानमा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक स्थानमा विजयी ७ स्थानमा अगाडि छ ।

श्रम संस्कृति पार्टी चार स्थानमा अगाडि छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् ।

समानुपातिकको पनि गणना जारी

समानुपातिकतर्फ हालसम्म गणना भएको एक लाख १२ हजार १२४ मतमध्ये रास्वपाले ६१ हजार ८६७, कांग्रेसले १९ हजार ३५८, एमालेले ११ हजार ४५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ६५५ मत प्राप्त गरेका छन् । साथै नेपाली कम्युनिष्ट पार्टीले चार हजार ३२३, राष्ट्रिय परिवर्तन पार्टीले दुई हजार ५४०, श्रम संस्कृति पार्टीले दुई हजार २२७, नेपाल मजदूर किसान पार्टीले ८६९ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्