• Menu

रुपन्देही-२ मा सुलभ खरेलको ‘क्लिन स्विप’: एमालेका विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित

नेपाल प्रफिट

२०८२ फागुन २३, शनिबार १०:४१

रुपन्देही-२ मा सुलभ खरेलको ‘क्लिन स्विप’: एमालेका विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल भारी मतान्तरसहित विजयी भएका छन् । निर्वाचन आयोगले खरेलको विजय औपचारिक रूपमा घोषणा गरेको हो ।

अन्तिम मतपरिणामअनुसार खरेलले ५६ हजार ५५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का विष्णु पौडेलले १२ हजार ८६१ मत ल्याएका छन् । यससँगै खरेलले पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका हुन् ।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गर्दा नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्