• Menu

समानुपातिकतर्फ रास्वपाको दबदबा, सुरुवाती मतगणनामा ३८ हजार मतका साथ पहिलो स्थानमा

नेपाल प्रफिट

२०८२ फागुन २३, शनिबार १०:१२

समानुपातिकतर्फ रास्वपाको दबदबा, सुरुवाती मतगणनामा ३८ हजार मतका साथ पहिलो स्थानमा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ । आज बिहान १०:०० बजे सम्म ६७ हजार ७८८ मत गणना हुँदा रास्वपाले ३८ हजार ३११ मत प्राप्त गरेको छ ।

समानुपातिकमा नेपाली कांग्रेसले ११ हजार ४५६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ६ हजार ४७, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ८१८, नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ४२४, श्रम संस्कृति पार्टीले एक हजार ४७६, राष्ट्रिय परिवर्तन पार्टीले ८७१, नेपाल मजदुर किसान पार्टीले २५८, नेपाल जनता संरक्षण पार्टीले १३९, प्रगतिशील लोकतान्त्रिक पार्टीले एक हजार २३६ मत पाएका छन् ।

समानुपातिकतर्फको मतगणना जारी छ । समानुपातिकतर्फको ११० सिटका लागि दलहरुबीच प्रतिस्पर्धा छ ।

प्रतिक्रिया दिनुहोस्