• Menu

कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

नेपाल प्रफिट

२०८२ फागुन २३, शनिबार ०८:२०

कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

कास्की । प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी भएका छन् ।

नेकपा (एमाले)का रश्मी आचार्यले सात हजार ४९३ मतसहित दोस्रो बने भने नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला ६ हजार ५०० मतसहित तेस्रो बनेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङले एक हजार ६४३, नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा पराजुलीले एक हजार २७६, उज्यालो नेपाल पार्टीका कुशल गुरुङले एक हजार २०१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्