• Menu

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित

नेपाल प्रफिट

२०८२ फागुन २३, शनिबार ०८:१९

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित

म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतका साथ पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरेका छन् । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्