• Menu

झापा-५ मा रास्वपाका बालेन शाह र एमाले अध्यक्ष ओलीबीचको मतान्तर १० हजार नाघ्यो

नेपाल प्रफिट

२०८२ फागुन २२, शुक्रबार १९:३६

झापा-५ मा रास्वपाका बालेन शाह र एमाले अध्यक्ष ओलीबीचको मतान्तर १० हजार नाघ्यो

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले उल्लेखनीय अग्रता कायम गरेका छन्।

शुक्रबार साँझसम्म जारी मतगणनाको पछिल्लो विवरणअनुसार शाहले १३ हजार ६ सय ५४ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३ हजार ११ मत ल्याएका छन्।

हालसम्मको परिणामअनुसार शाह र ओलीबीचको मतान्तर १० हजार ६ सय ४३ पुगेको छ । मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्