• Menu

काठमाडौं-४ मा रास्वपाका बम अग्रस्थानमा

नेपाल प्रफिट

२०८२ फागुन २२, शुक्रबार १९:३३

काठमाडौं-४ मा रास्वपाका बम अग्रस्थानमा

काठमाडौं । काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम १५ हजार ७०३ मतसहित अहिलेसम्म अग्रस्थानमा छन् ।

निर्वाचन अधिकृत कृष्णा भण्डारीका अनुसार अहिलेसम्मको गणनामा नेपाली कांग्रेसका सचिन तिमल्सिनाले चार हजार ८४२ र नेकपा (एमाले)का डा. राजन भट्टराईले चार हजार २६९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का इन्द्रकुमार भुसाल ४५१ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २८ उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्