• Menu

सर्लाही-४ मा अमरेश सिंहले बढाए मतान्तर

नेपाल प्रफिट

२०८२ फागुन २२, शुक्रबार १६:४४

सर्लाही-४ मा अमरेश सिंहले बढाए मतान्तर

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाएका छन् ।

हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार सिंहले २ हजार ८ सय ४७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा भने १ हजार ७ सय १४ मतसहित दोस्रो स्थानमा छन् ।

यसैगरी, नेकपा (एमाले) का उम्मेदवार अमनिशकुमार यादवले हालसम्म ४ सय १० मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेकाले आगामी परिणामले प्रतिस्पर्धाको स्थिति अझ स्पष्ट हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्