• Menu

१४७ स्थानको मतगणना जारी : रास्वपा १११ स्थानमा अगाडि

नेपाल प्रफिट

२०८२ फागुन २२, शुक्रबार १६:३८

१४७ स्थानको मतगणना जारी : रास्वपा १११ स्थानमा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म १४७ स्थानमा मतगणना भइरहेको छ ।

पछिल्लो मत गणनाअनुसार १११ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ भने काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शनाले जित हात पारेकी छन् । त्यस्तै मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल र विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै, मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् भने रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन् ।

हालसम्म कांग्रेस १०, नेपाली कम्युनिस्ट पार्टी ८, नेकपा (एमाले) ११, श्रम संस्कृति पार्टी ६,  राष्ट्रिय प्रजातन्त्र पार्टी
तथा उज्यालो नेपाल पार्टी १-१ स्थानमा अग्रता बनाएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्