
सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनाको पहिलो परिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले अग्रता लिएका छन् ।
हालसम्म गणना भएको मतअनुसार सिंहले १,२३५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ७४४ मत ल्याएका छन् ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले १९४ मत प्राप्त गरेका छन् भने नेकपा तर्फका उम्मेदवार रजनीश राय यादवले १२ मत पाएका छन् ।
मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal