• Menu

चितवन-२ मा रवि लामिछानेको राज : १० हजारभन्दा बढी मतसहित अगाडि

नेपाल प्रफिट

२०८२ फागुन २२, शुक्रबार १४:३१

चितवन-२ मा रवि लामिछानेको राज : १० हजारभन्दा बढी मतसहित अगाडि

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन् ।

हालसम्मको मत परिणाम अनुसार लामिछानेले १० हजार ८१४ मत प्राप्त गरेका छन्।

उनलाई पछ्याइरहेकी मिना खरेलले ३ हजार ३१९ मत पाएकी छन् भने अस्मिन घिमिरेले २ हजार ८४५ मत ल्याएका छन् ।

यसैगरी प्रताप गुरुङलेले १ हजार ८४३ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्