• Menu

झापा ५ मा बालेनले ५२५४ मत ल्याउँदा केपी ओलीले पाए १२४८ मत

नेपाल प्रफिट

२०८२ फागुन २२, शुक्रबार १३:४३

झापा ५ मा बालेनले ५२५४ मत ल्याउँदा केपी ओलीले पाए १२४८ मत

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले मतान्तर बढाएका छन् । प्रारम्भिक गणनाअनुसार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बालेनले ४ हजार मतले पछि पारिसकेका छन् ।

ताजा मत परिणामअनुसार बालेनले ५ हजार २५४ मत प्राप्त गर्दा ओलीले १ हजार २४८ मत प्राप्त गरेका छन् ।  श्रम संस्कृति पार्टीका समिर तामाङले ३२५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले १२९, कांग्रेसकी मन्धरा चिमरियाले १८५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्