
रुपन्देही । रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको १०.३० बजेसम्म मत परिणामअनुसार यहाँ १५ हजार ४१३ मतगणना हुँदा सदर भएको १४ हजार ९८६ मतमध्ये रास्वपाका सुलभ खरेलले १० हजार ५१९ मत प्राप्त गरी अग्रता लिएका छन् ।
नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले दुई हजार १९३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले एक हजार २०४ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा कूल एक लाख ३५ हजार ५० मतदाता रहेका भएकामा ८६ हजार ५१० मत खसेको थियो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal