• Menu

नुवाकोट २ को मतगणना : रास्वपाका लामिछानेले अग्रता बढाउँदा एमाले चौथो

नेपाल प्रफिट

२०८२ फागुन २२, शुक्रबार ११:२२

नुवाकोट २ को मतगणना : रास्वपाका लामिछानेले अग्रता बढाउँदा एमाले चौथो

काठमाडौं । नुवाकोट २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका डा. अच्युतम लामिछानेले सुरूवाती अग्रता लिएका छन् । उनले १ हजार ६३८ मतसहित अग्रता कायम गरेका हुन् ।

नेपाली कांग्रेसका जगदीशनरसिंह केसीले ९२२ मत प्राप्त गर्दा नेकपाका हिरानाथ खतिवडाले ७२२ मत पाएका छन् । त्यस्तै एमालेका केशवराज पाण्डेले ६०३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म बेलकोटगढी नगरपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्