• Menu

काठमाडौं-५, ९ र १० मा रास्वपाको अग्रता कायमै

नेपाल प्रफिट

२०८२ फागुन २२, शुक्रबार ११:११

काठमाडौं-५, ९ र १० मा रास्वपाको अग्रता कायमै

काठमाडौं । काठमाडौं क्षेत्र नं ५, ९ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।

उक्त पार्टीका सस्मित पोखरेलले ६ हजार ८३४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रदीप पौडेलले दुई हजार २३१  र नेकपा (एमाले)का ईश्वर पोखरेलले एक हजार २०७ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिइन् ।

यसैगरी, क्षेत्र-१० मा सोही दलका प्रदीप विष्टले ६ हजार ६६० मत प्राप्त गरेको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन् ।

नेपाली कांग्रेसका हिमाल कार्कीले एक हजार ३४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले एक हजार ५९ र नेकपा (एमाले)का विनोद श्रेष्ठले एक हजार एक  मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद (डिपी) अर्यालले दुई हजार ७०२ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसकी नानुमैया बाँस्तोलाले ४७० र नेकपा (एमाले)का अजयक्रान्ति शाक्यले ३६४ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्