• Menu

धनुषाको क्षेत्र नं.३ मा रास्वपा अगाडि, कांग्रेस दोस्रो

नेपाल प्रफिट

२०८२ फागुन २२, शुक्रबार १०:५४

धनुषाको क्षेत्र नं.३ मा रास्वपा अगाडि, कांग्रेस दोस्रो

धनुषा । धनुषाको क्षेत्र नं.३ मा रास्वपाले अग्रता लिएको छ ।

रास्वपाका उम्मेदवार मनिष झाले ८ हजार ४४१ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ ।

नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले हालसम्म २ हजार ९९० मत प्राप्त गरेका छन् ।

त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा १ हजार ४३८ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्