• Menu

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

नेपाल प्रफिट

२०८२ फागुन २१, १५:५६

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो ३:०० बजेसम्म ४५.२ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंकाअनुसार प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी डोल्पामा ५९ दशमलव ४२ प्रतिशत मत खसेको छ ।

त्यसैगरीमा मुगुमा ५५.४२, हुम्लामा ५२.९१, रुकुमपश्चिममा ५०.६१, जाजरकोटमा ४९.७५, जुम्लामा ४७.६७, कालीकोटमा ४२.६४, सल्यानमा ३८.४५ प्रतिशत मत खसेको सूचना अधिकारी चौलागार्इंले जानकारी दिए ।

उनका अनुसार सुर्खेत क्षेत्र नं १ मा ४८.२५, क्षेत्र नं २ मा ४६.११, दैलेख क्षेत्र नं १ मा ३७.३३ र क्षेत्र नं २ मा ३५.२७ प्रतिशत मत खसेको छ । कुल १० लाख ३७ हजार २५० मतदातामा कर्णाली प्रदेशमा अहिलेसम्म चार लाख ६८ हजार ४२५ मतदाताले मत खसालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्